व्यवसायिक शिक्षा आजको आवश्यकताः नगरप्रमुख बोगटी

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीले व्यवसायिक शिक्षा आजको आवश्यकता भएको भन्दै शिक्षालाई रोजगारमूलक बनाउनु पर्ने बताए ।

शुक्रवार वेष्टन पब्लिक स्कुलको २५ औँ वार्षिकोत्सव तथा रजत जयन्तीलाई सम्बोधन गर्दै नगरप्रमुख बोगटीले अब व्यवसायिक तथा सीपमुलक शिक्षामा ध्यान दिनुपर्नेमा जोड दिएका हुन् ।

‘शिक्षा केवल किताबी ज्ञानमा मात्र सीमित हुनु हुँदैन । व्यवसायिक र सीपमूलक शिक्षा आजको समयको अपरिहार्य पक्ष हो । यसले विद्यार्थीलाई आत्मनिर्भर बनाउनुका साथै देशको आर्थिक विकासमा समेत योगदान पु¥याउँछ ।’ उनले भने ‘सोही कुरालाई मध्यनजर गर्दै भीमदत्त नगरपालिकाले विद्यार्थीहरुमा निहित क्षमता, प्रतिभाहरुको पहिचान तथा उनिहरुलाई हाम्रा कला संस्कृति, संस्कार,समाज चिनाउने र व्यवसायिक तथा सीपमुलक शिक्षा प्रदान गर्ने उद्देश्यले साताको प्रत्यक शुक्रवार विद्यालयहरुमा ‘बुक फ्रि फ्राइडे’ कार्यक्रम ल्याएका छौँ ।’

उनले अगाडी भने ‘सबै विद्यालयहरुले यो कार्यक्रमलाई प्रभावकारी रुपमा आ–आफ्नो विद्यालयमा संचालन गर्न म आग्रह गर्न चाहान्छु ।’

वेष्टन पब्लिक स्कुलका व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्र चन्दको अध्यक्षता एवम् नगर प्रमुख बोगटीको प्रमुख आथित्यतामा सम्पन्न भएको विद्यालयको २५ औँ वार्षिकोत्सव तथा रजत जयन्तीमा विद्यालय संचालक विर्ख बहादुर मल्ल, प्रिन्सिपल, शिक्षक, अभिभावक, विद्यार्थी, तथा स्थानीय प्रतिनिधिहरूको लगाएतको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा विद्यार्थीहरूले नृत्य, नाटक, सांगीतिक प्रस्तुति, विद्यालयको वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत, पुरस्कार वितरण लगाएतका क्रियाकपाल गरिएका थिए

Advertisementspot_img

ताजा समाचार