काठमाडौं । काठमाडौँ र मोरङका विभिन्न स्थानबाट जुवातास तथा कौडा खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।
काठमाडौँ महानगरपालिका–१४ कलङ्कीबाट बुधबार बिहान धादिङ घर भई कलङ्की बस्ने ४० वर्षीय अर्जुन ढुङ्गानासहित आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरूको साथबाट नगद ६१ हजार ३१० रुपैयाँ र पाँच बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ ।
यसैगरी, मोरङको बेलबारी नगरपालिका–११ नलबारीस्थित बाँसघारीमा कौडा खेलिरहेको अवस्थामा बुधबार साँझ कानेपोखरी गाउँपालिका–२ का ५१ वर्षीय खमानसिङ लिम्बुसहित चार जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले उनीहरूलाई नगद ४५ हजार ८२५ रुपैयाँ र ११ थान कौडासहित पक्राउ गरेको हो ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।






