झापामा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

प्रकाशित मिति:
spot_img

काठमाडौं । झापाको बाह्रदशी गाउँपालिका–५ खटखटी टोलस्थित चारपाने–राजगढ भित्री सडक खण्डमा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

राजगढबाट चारपानेतर्फ जाँदै गरेको प्र १–०१–०१२ प ४६३८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मधेश प्रदेश ०३–००२ त १०४० नम्बरको धान काट्ने मेसिन जडित ट्याक्टर बुधबार राति १०:४० बजे ठोक्किएर दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास बुढाथोकीका अनुसार दुर्घटनामा परी मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको छ । मृतकहरूको पहिचान खुल्न नसकेको र दुवै जनाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको उनले जानकारी दिए ।

दुर्घटनालगत्तै ट्याक्टर चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । दुवै सवारीसाधन नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

spot_img

ताजा समाचार