महेन्द्रनगर । मुक्त कमलरीहरूको पुनस्र्थापना र परिचयपत्र वितरणसम्बन्धी महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम आज (मंगलवार) भीमदत्त नगरपालिकामा सम्पन्न भएको छ ।
FIMI International को आर्थिक सहयोगमा मुक्त कमलरी विकास मञ्चको आयोजना तथा भीमदत्त नगरपालिकाको समन्वयमा आयोजित कार्यक्रममा विभिन्न सरोकारवालाहरूबीच छलफल गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीले मुक्त कमलरीहरूको जीवनस्तर सुधार गर्न नगरपालिकाले निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
“मुक्त कमलरीहरूको पुनस्र्थापना, सशक्तीकरण र अधिकार प्रत्याभूतिको लागि नगरपालिका सधैं सक्रिय रहनेछ ।” उनले भने “सरकारी तथा गैरसरकारी क्षेत्रसँग समन्वय गरेर उनीहरूलाई आत्मनिर्भर बनाउन आवश्यक कार्यक्रम अघि बढाइनेछ ।”
कार्यक्रममा सहभागी सरोकारवालाहरूले मुक्त कमलरीहरूको पहिचान, पुनस्र्थापना, तथा सरकारी सेवासुविधा सुनिश्चित गर्ने विषयमा आफ्ना विचार राखेका थिए । कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न योगदान दिने सबैलाई आयोजक संस्थाले धन्यवाद ज्ञापन गरेको समेत गरेको छ ।