गुगल सर्च इन्जिनमा समस्या: प्रयोगकर्ताहरूलाई जानकारी खोज्न सास्ती

प्रकाशित मिति:

काठमाडौँ । विश्वको सबैभन्दा ठूलो सर्च इन्जिन गुगलमा मंगलबार बिहान प्राविधिक समस्या देखिएको छ।

धेरै प्रयोगकर्ताहरूले गुगलमा केही कुरा सर्च गर्न खोज्दा ‘Server Error’ (सर्भर एरर) देखाएको रिपोर्ट गरेका छन्। उक्त त्रुटि सन्देशमा गुगलका इन्जिनियरहरूलाई जानकारी गराइसकिएको र समस्या समाधानको प्रयास भइरहेको उल्लेख छ।

इन्टरनेटको आधारभूत आवश्यकता बनिसकेको गुगल सर्च डाउन हुँदा विद्यार्थी, व्यवसायी र सर्वसाधारणलाई तत्काल आवश्यक जानकारी प्राप्त गर्न कठिनाइ भएको छ। गुगलले यो समस्याको मूल कारण र समाधान हुने निश्चित समयबारे आधिकारिक जानकारी दिन बाँकी नै छ।

ताजा समाचार