शुक्लाफाँटा नगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

शुक्लाफाँटा नगरपालिकाले आज सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । एक समारोहका विच नगरपालिकाले सार्वजिनक सुनुवाइ सम्पन्न गरेको हो । नगर प्रमुख रणबहादुर महराको अध्यक्षता र उपप्रमुख कल्पना कुमारी जोशी पन्तको विशेष उपस्थितिमा सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरपालिकका प्रमुख प्रशाशकीय अधिकृत खेमराज विष्टले गत आर्थिक बर्ष २०८१।८२ यस आर्थिक बर्ष २०८२।०८३ को चैत्र मसान्त सम्मको प्रगित विवरण प्रस्तुत गरेका थिए ।
जस अनुसार आर्थिक बर्ष २०८१⁄८२ का लागि अनुमानित विनियोजित बजेट (सामाजिक सुरक्षा भत्ता बाहेक) रू ७३ करोड ९१ लाख ४६ हजार रूपैया मध्ये ९०.११ प्रतिशत अर्थात रू ६६ करोड ६१ लाख १२ हजार ६ सय ८८ रूपैया ६७ पैसा खर्च भएको बताए ।
यसैगरि आर्थिक बर्ष २०८२⁄०८३ का लागि अनुमानित विनियोजित बजेट (सामाजिक सुरक्षा भत्ता बाहेक) रू ६७ करोड ३७ लाख ३ हजार ६ सय ३१ रूपैया मध्ये २०८२ चैत्र मसान्त सम्म रू ३१ करोड ८५ लाख ७९ हजार ४ सय ७२ रूपैया २० पैसा अर्थात ४७.२८ प्रतिशत खर्च भएको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
परामर्श दाताको तर्फबाट शुकलाफाँटा मिडिया प्रा.लिले वडा स्तरमा गरिएको सन्तुष्टी असन्तुष्टी समेटिएको नागरिक प्रतिवेदन र बहिर्गमित अभिमत प्रतिवेदन प्रस्तुत गरेको थियो ।
कार्यक्रममा सहभागिको तर्फबाट विवेक रावल र अनिता भण्डारीले नागिरक सरेकारका विषयमा प्रश्न गरेका थिए । प्रश्नको उत्तर दिदै शुक्लाफाँटा नगरपालिकाका प्रमुख रणबहादुर महराले प्रश्नकर्तालाइ धन्यवाद दिदै नागरिक सरोकारका विषयहरूमा सधैं जनताको पक्षमा निर्णय गर्ने र कमिकमजोरी हरू सुधार गर्दै लैजाने प्रतिबद्धता जनाएका छन ।
सार्बजनिक सुनुवाइ कार्यक्रमका सहभागीहरूलाइ वडा नं १ का अध्यक्ष उत्तरदेव भट्टले स्वागत गरेका थिए ।
सार्जनिक सुन्रुवाइ कार्यक्रममा स्थानीय सरोकारवाला विद्यार्थी जनप्रतिनिधी, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

ताजा समाचार