प्रधानमन्त्री शाह र इयूका राजदूतबिच भेटवार्ता

प्रकाशित मिति:

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौँ र नयाँ दिल्लीस्थित युरोपेली संघ (इयू) मा आबद्ध राष्ट्रका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार यो सामूहिक भेटघाट सम्पन्न भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री शाहको निमन्त्रणामा भएको उक्त महत्वपूर्ण भेटवार्तामा नेपाल र युरोपेली संघबिचको आपसी सम्बन्ध, द्विपक्षीय चासो र सहकार्यका विविध आयामबारे छलफल भएको बुझिएको छ ।

उच्चस्तरीय यस बैठकमा प्रधानमन्त्री शाहका साथै परराष्ट्रमन्त्री शिशिर खनाल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेल र नेपाल सरकारका अन्य उच्चपदस्थ अधिकारीहरूको समेत विशेष उपस्थिति रहेको थियो ।

Advertisement - Godawari Municipalityspot_img

ताजा समाचार