मानव अधिकार आयोगद्वारा न्यायिक छानबिन आयोगका अध्यक्ष कार्कीमाथि नै अनुसन्धान गर्न सिफारिस

प्रकाशित मिति:

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गतेको घटना छानबिनका लागि सरकारद्वारा गठित न्यायिक आयोगका अध्यक्ष गौरीबहादुर कार्कीमाथि नै सूक्ष्म अनुसन्धान गर्न नेपाल सरकारलाई सिफारिस गरेको छ। उक्त घटनामा भएको मानवीय तथा भौतिक क्षतिमा कार्कीको संलग्नता रहे/नरहेको, सार्वजनिक शान्ति सुव्यवस्थामा खलल पुर्‍याउन दुरुत्साहन गरे/नगरेको र उनको अभिव्यक्तिले प्रदर्शनकारीहरूलाई उत्तेजित बनाउन कस्तो प्रभाव पार्यो भन्ने विषयमा छानबिन गर्न आयोगले माग गरेको हो।

‘जेनजी आन्दोलन’ का क्रममा सामाजिक सञ्जालहरूमा भड्काउ अभिव्यक्ति दिएको आरोप लागेका कार्कीलाई नै सरकारले छानबिनको जिम्मेवारी दिएको थियो। तर, कार्की नेतृत्वको आयोगले भदौ २३ को घटनाको मात्रै छानबिन गरी बुझाएको प्रतिवेदन निष्पक्ष नभएको भन्दै प्रतिपक्षी दलहरूले लगातार विरोध गरिरहेका बेला मानव अधिकार आयोगले दोषी देखिएमा कारबाही गर्नेसम्मको यो सिफारिस गरेको हो।

Advertisement - Godawari Municipalityspot_img

ताजा समाचार