भोलिका पत्रिकाको केही भागमा समचारको सट्टा कालो

प्रकाशित मिति:

नेपाल पत्रकार महासंघले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णयको विरोधस्वरुप भोलि सम्पादकीय वा अन्य स्थानमा कालो राख्न आह्वान गरेको छ । सम्पादकीय वा अन्य स्थानमा कालो राखेर आन्दोलनमा ऐक्यबद्धता जनाउन महासंघले भनेको हो ।

महासंघले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘अभियानकै क्रममा २०८३ जेठ १४ गते सम्पादकीय वा अन्य स्थानमा कालो राख्ने निर्णय भएबमोजिम गरी–गराई आन्दोलनमा ऐक्यबद्धता प्रकट गरिदिनुहुन नेपाल पत्रकार महासंघ देशका सबै सञ्चारमाध्यमलाई आह्वान गर्दछ ।’

गत चैत १८ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिवस्तरीय बैठकले सरकारी विज्ञापन तथा सूचनाहरु सरकारी सञ्चारमाध्यममार्फत मात्र प्रकाशन तथा प्रशारण गर्ने निर्णय गरेको थियो ।

सो निर्णयविरुद्ध सर्वोच्चमा मुद्दा विचाराधीन छ भने महासंघले निर्णय खारेजीका लागि दबाबमूलक कार्यक्रम गरिरहेको छ ।

ताजा समाचार