काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार यो बैठकले आगामी आर्थिक वर्ष २०८३–८४ को बजेटलाई अन्तिम रूप दिँदै पारित गर्ने निर्णय गर्नेछ।
हरेक वर्ष जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार आजै अपराह्न ४ बजे बस्ने संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आव २०८३–८४ को नयाँ बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।



