काठमाडौैं । प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिको विरोधमा विपक्षी दलहरूले सदन अवरुद्ध पारिरहेका बेला सभामुख डीपी अर्यालले आफू संवादका लागि तयार हुँदा पनि विपक्षीले समय नदिएको बताएका छन्। सदनको समस्या समाधान गर्न हिजो र आज कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नका लागि माननीय सदस्यहरूलाई पटक-पटक सूचना गर्दा पनि बेवास्ता गरिएको उनको भनाइ छ। सदन सञ्चालनका लागि सबै दलका नेता, उपनेता र सचेतकहरूसँग निरन्तर संवादको कोसिस गरिरहेको उल्लेख गर्दै सभामुख अर्यालले चेतावनीपूर्ण भाषामा भने— “जब नजरअन्दाज गर्नुहुन्छ, त्यसपछि सभामुखको प्रक्रिया रोकिँदैन।”



