महेन्द्रनगर । अछामका युवा नेता पृथ्वी बहादुर शाह सुदूरपश्चिम प्रदेश युवा परिषद्को कार्यकारी समितिको सदस्यमा नियुक्त भएका छन् ।
सुदूरपश्चिम प्रदेश सरकारले शाहलाई परिषद्को कार्यकारी समितिको सदस्यमा मनोनयन गरेको हो ।
नियुक्तिपछि शाहले आफूलाई उक्त जिम्मेवारीका लागि योग्य ठानी विश्वास व्यक्त गर्ने सुदूरपश्चिम प्रदेश सरकारप्रति हार्दिक आभार व्यक्त गरेका छन् ।
शाहले आफूलाई सुम्पिएको जिम्मेवारी पूर्ण निष्ठा, इमान्दारिता र समर्पणका साथ निर्वाह गर्दै युवाको हकहित, नेतृत्व विकास र प्रदेशको समृद्धिका लागि निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनको नियुक्तिले सुदूरपश्चिम प्रदेशमा युवा सहभागिता र नेतृत्व विकासका कार्यक्रमलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।




