कञ्चनपुरमा प्रतिबन्धित लागूऔषधसहित एक किशोर पक्राउ

प्रकाशित मिति:

महेन्द्रनगर। कञ्चनपुरमा विभिन्न एम्पुल र सिरिन्जसहित एक किशोर पक्राउ परेका छन्। भीमदत्त नगरपालिका–१८ बागवाणीबाट नियन्त्रित लागूऔषध फेनारगन २१ एम्पुल, ब्रोफिन २१ एम्पुल र ५ एमएलको सिरिन्ज ३ थानसहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उक्त प्रतिबन्धित औषधिसहित ती किशोरलाई बुधबार साँझ पक्राउ गरेको जनाएको छ। पक्राउ परेका किशोरमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

ताजा समाचार