सुकुमवासीको समस्या र प्रधानमन्त्रीको अभिव्यक्ति हटाउन साम्पाङको माग

प्रकाशित मिति:

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राखिएका सुकुमवासीहरूले खाना र पानीको समस्या भोग्नुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ।

बुधबार प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै विपक्षी दलहरूले आसनबाट उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुख डोलप्रसाद अर्यालले समय उपलब्ध गराएपछि बोल्दै अध्यक्ष साम्पाङले होल्डिङ सेन्टरको नाजुक अवस्थाबारे संसद्लाई जानकारी गराउनुभएको हो। यसैगरी, उहाँले प्रधानमन्त्री बालेन्द्र शाहले सीमा विवादका सम्बन्धमा दिनुभएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उक्त भनाइ संसदीय रेकर्डबाट हटाउनुपर्ने माग समेत गर्नुभएको छ।

ताजा समाचार