कैलालीमा लापसे परीक्षण: पाँच जना चालक पक्राउ

प्रकाशित मिति:

कैलाली । कैलालीमा राजमार्गमा सवारीसाधन चलाउने चालकहरूलाई लक्षित गरी ट्राफिक प्रहरीले लागूऔषध सेवन परीक्षण सुरु गरेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयले आइतबार गोदावरी नगरपालिका क्षेत्रमा गरेको विशेष चेकिङका क्रममा ३२ जना चालकको परीक्षण गर्दा पाँच जनाले लागूऔषध सेवन गरेको पुष्टि भएपछि उनीहरूलाई पक्राउ गरिएको हो।

जिल्ला ट्राफिक प्रहरी प्रमुख निरीक्षक रेशम आचार्यका अनुसार पक्राउ पर्नेहरूमा बस चालकहरू रामकृष्ण चौधरी, महेश बहादुर चन्द र धिरेन्द्र कार्की, ईभी गाडी चालक सुरेश बोहरा तथा बोलेरो जिप चालक पहिलाद राना रहेका छन्। पक्राउ परेका पाँचमध्ये चार जना पहाडी रुटमा सवारी चलाउने चालक हुन्।

सबै चालकहरूले लागूऔषध सेवन गरी सवारी चलाएको पुष्टि भएपछि आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय मालाखेतीमा बुझाइएको ट्राफिक प्रहरीले जनाएको छ।

ताजा समाचार