काठमाडौं । साविक विजेता अर्जेन्टिना संयुक्त राज्य अमेरिकामा जारी फिफा विश्वकप–२०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। अमेरिकाको एटलान्टा स्टेडियममा मङ्गलबार राति भएको निकै रोमाञ्चक र नाटकीय खेलमा इजिप्टलाई ३–२ गोलले हराउँदै अर्जेन्टिना अन्तिम आठमा पुगेको हो। खेलको १५औँ मिनेटमा यासेर इब्राहिम र ६७औँ मिनेटमा मुस्तफा जिकोको गोलबाट इजिप्टले २–० को सुरुवाती अग्रता लिएको थियो भने २१औँ मिनेटमा कप्तान लियोनल मेस्सीको पेनाल्टी प्रहार इजिप्टका गोलरक्षकले विफल पारिदिएका थिए। दुई गोलले पछि परेको अवस्थाबाट उत्कृष्ट पुनरागमन गर्दै अर्जेन्टिनाले खेलको अन्तिम १३ मिनेटमा तीन गोल फर्कायो। अर्जेन्टिनाका लागि ७९औँ मिनेटमा क्रिस्टियन रोमेरो र त्यसपछि कप्तान मेस्सीले डिबक्स बाहिरबाट गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याए भने इन्जुरी समयको दोस्रो मिनेटमा एन्जो फर्नान्डेजले निर्णायक गोल गर्दै टोलीको जित सुनिश्चित गरे।
यस खेलमा गोल गरेसँगै कप्तान मेस्सीले विश्वकपमा सर्वाधिक २१ गोल गर्ने, लगातार नौ खेलमा गोल गर्ने, एउटै संस्करणमा दुई पेनाल्टी मिस गर्ने र सर्वाधिक गोलसँगै ९ असिस्ट गर्ने खेलाडीका रूपमा चारवटा नयाँ विश्व कीर्तिमान आफ्नो नाममा लेखाएका छन्। जारी विश्वकपमा ८ गोलसहित गोल्डेन बुटको दौडमा रहेका मेस्सीको अर्जेन्टिनाले अब क्वार्टरफाइनलमा स्विट्जरल्यान्डको सामना गर्नेछ, जसले बुधबार कोलम्बियालाई टाइब्रेकरमा ४–३ गोलले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो।



