चितवन। चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा आतङ्क मच्चाउँदै आएको जङ्गली ‘ध्रुवे’ हात्तीलाई नियन्त्रणमा लिने प्रयास अझै सफल हुन सकेको छैन। निकुञ्ज प्रशासनले हात्तीको दाह्रा काट्न प्राविधिक टोली परिचालन गरे पनि हालसम्म त्यसलाई नियन्त्रणमा लिन नसकिएको हो।
निकुञ्जका अनुसार ध्रुवे हात्तीको आक्रमणबाट हालसम्म पच्चीस जनाले ज्यान गुमाइसकेका छन्। गत शनिबार मात्रै भरतपुर–तेइस मा एकिस वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरत बोटेलाई सोही हात्तीले कुल्चेर मारेको थियो। यसअघि विसं दुई हजार चौहत्तर मा नेपाली सेनाका मेजरको ज्यान लिएको ध्रुवेले नौ वर्षपछि पुनः आमाछोराको ज्यान लिएको हो।
हाल हात्ती नियन्त्रणका लागि पच्चीस जना अनुभवी प्राविधिक टोली जङ्गलमा खटिए पनि ध्रुवे फेला परेको छैन। हात्तीको आतङ्क अझै कायम रहेकाले स्थानीय बासिन्दा त्रसित छन् भने निकुञ्जले खोजी कार्य तीव्र पारेको छ।



