कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ मामाभान्जा चोकबाट प्रहरीले खैरो हेरोइनजस्तो देखिने अवैध लागूऔषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।
शनिबार राति वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको नियमित चेकिङ टोलीले शंकास्पद अवस्थामा फेला परेका उनीहरूलाई जाँच गर्दा ५२० मिलिग्राम खैरो हेरोइन फेला परेको हो।
पक्राउ पर्नेहरूमा भीमदत्त नगरपालिका–१८ का २४ वर्षीय आदित्य खुना, २७ वर्षीय ज्ञानु खुना र बेदकोट नगरपालिका–५ का सुनिल खुना रहेका छन्। बरामद गरिएको प्रतिबन्धित पदार्थसहित तीनै जनालाई हिरासतमा राखी लागूऔषध नियन्त्रण ऐन अन्तर्गत थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।



