कञ्चनपुरमा बाघको आक्रमणबाट एक महिला घाइते

प्रकाशित मिति:

कञ्चनपुर । कञ्चनपुरमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन्। बेल्डाँडी गाउँपालिका–५ की ४६ वर्षीया धनादेवी उपाध्यायलाई आइतबार घर नजिकैको खेतबारीमा काम गरिरहेका बेला बाघले आक्रमण गरेको हो।

आक्रमणबाट घाइते भएकी उपाध्यायलाई तत्काल उद्धार गरी धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका लागि पुर्‍याइएको थियो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार, अहिले घटनाको थप विवरण संकलन गर्ने कार्य भइरहेको छ।

यस घटनापछि स्थानीय बासिन्दा त्रसित बनेका छन्। बस्ती नजिकै बाघ देखिएकाले प्रहरीले स्थानीयबासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

ताजा समाचार