कञ्चनपुर प्रहरीलाई लागुऔषध नियन्त्रण उपकरण हस्तान्तरण

प्रकाशित मिति:

कञ्चनपुर । कञ्चनपुर उद्योग वाणिज्य सङ्घले जिल्ला प्रहरी कार्यालयलाई लागुऔषध नियन्त्रणका लागि आवश्यक चेकजाँच उपकरण तथा विभिन्न सामग्री हस्तान्तरण गरेको छ।

सङ्घमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मदन कोइराला र सङ्घका अध्यक्ष दिनेश मल्लले लागुपदार्थ सेवन चेकजाँच गर्ने उपकरण, पाँच थान साइकल र टर्चलाइट प्रहरी प्रमुख नेत्रमणि गिरीलाई बुझाए। सो अवसरमा प्रमुख जिल्ला अधिकारी कोइराला र प्रहरी प्रमुख गिरीले लागुऔषधविरुद्धको अभियानमा निजी क्षेत्रको यो सहकार्य प्रशंसनीय रहेको बताए।

सङ्घका अध्यक्ष मल्लले सामाजिक उत्तरदायित्वअन्तर्गत सुरक्षा निकायसँग सहकार्य गरिएको बताउँदै प्रहरीलाई लागुपदार्थ जाँचका लागि मासिक रूपमा १०० थान ‘कीट’ समेत प्रदान गर्ने जानकारी दिए।

ताजा समाचार