किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा बैतडीका एक युवक पक्राउ

प्रकाशित मिति:

कैलाली । कैलालीको अत्तरियामा एक होटलमा राखेर १४ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा बैतडीका २० वर्षीय राजेश धामी पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार, बैतडीको सिगास गाउँपालिका वडा नम्बर १ का धामीलाई धनगढीको क्याम्पस चोकबाट सोमबार प्रहरीले नियन्त्रणमा लिएको हो। आरोपी धामीले गत असार २४ गते ती किशोरीलाई घरबाट अत्तरिया बोलाएर होटलमा राखी जबर्जस्ती करणी गरेको उजुरी परेको थियो।

किशोरीका परिवारले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका धामीलाई हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

ताजा समाचार