काठमाडौं । शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका सर्लाहीका ३५ वर्षीय विवेक मण्डलको उपचारका क्रममा कीर्तिपुर बर्न अस्पतालमा निधन भएको छ। मण्डलको मृत्यु भएसँगै पछिल्लो एक हप्ताभित्र आत्मदाहका कारण ज्यान गुमाउनेको संख्या तीन पुगेको छ। मृतक मण्डलका श्रीमती र दुई छोराछोरी छन्।
यसअघि, काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको वीर अस्पतालमा र त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको पनि उपचारकै क्रममा मृत्यु भइसकेको छ।
असार २७ गते आफ्नो शरीरमा आगो लगाएका राउतको शनिबार साँझ र गम्भीर घाइते भएका नेपालीको असार २६ गते नै निधन भएको थियो। देशमा बढ्दो निराशा र मानसिक तनावका कारण यस्ता दुखद घटनाहरू थपिँदै गएका छन्।



