आत्मदाह प्रयास गरेका रौतहटका युवालाई उपचारका लागि काठमाडौँ ल्याइयो

प्रकाशित मिति:

काठमाडौं । आफ्नै शरीरमा आगो लगाएर गम्भीर घाइते भएका रौतहट गरुडाका २८ वर्षीय गौतमकुमार सहनीलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ। मंगलबार राति आफ्नै घरभित्र पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका उनलाई वीर अस्पतालको आइसीयूमा राखेर उपचार सुरु गरिएको छ।

पारिवारिक स्रोतका अनुसार आगलागीबाट उनको घाँटीदेखि तलको करिब ३१ प्रतिशत शरीर जलेको छ। राति नै स्थानीय अस्पतालमा प्राथमिक उपचार गरेपछि उनलाई एम्बुलेन्स मार्फत काठमाडौँ रिफर गरिएको थियो।

घटनाबारे जानकारी पाए लगतै प्रहरी टोलीले अस्पताल र घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ। उनले के कारणले आफ्नै शरीरमा आगो लगाए भन्नेबारे जिल्ला प्रहरी कार्यालयले थप अनुसन्धान भइरहेको जनाएको छ।

ताजा समाचार