सरकारको नीतिविरुद्ध १८ वटै मन्त्रालयका करार कर्मचारी आन्दोलित, सिंहदरबार अगाडि धर्ना

प्रकाशित मिति:

काठमाडौं । सरकारले करार सेवामा कार्यरत कर्मचारीलाई हटाई आउटसोर्सिङ मार्फत नयाँ भर्ना गर्ने तयारी गरेपछि १८ वटै मन्त्रालयका करार कर्मचारी आन्दोलित भएका छन्। लामो समयदेखि कार्यरत हजारौँ कर्मचारीको रोजगारी असुरक्षित हुने भन्दै उनीहरूले सिंहदरबार अगाडि धर्ना दिएका हुन्।

हिजोदेखि आन्दोलनमा उत्रिएका कर्मचारीहरूले सरकारको यो तयारीले आफूहरू अन्यायमा परेको बताएका छन्। उनीहरूले आउटसोर्सिङ प्रणाली लागू गर्ने निर्णय तत्काल फिर्ता लिन र आफ्नो सेवाको सुनिश्चितता गर्न सरकारसँग माग गरेका छन्।

ताजा समाचार