एसीसी यू–१९ प्रिमियर कप: जापानमाथि सानदार जित निकाल्दै नेपाल सेमिफाइनलमा

प्रकाशित मिति:

काठमाडौँ । नेपाल एसीसी यू–१९ महिला प्रिमियर कप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । जापानले प्रस्तुत गरेको ८७ रनको सामान्य लक्ष्यलाई नेपालले मात्र ११.२ ओभरमा १ विकेट गुमाएर ९० रन बनाउँदै सहजै भेट्टाएको हो । नेपालको जितमा प्रारम्भिक ब्याटर सावित्री धामीले ३२ बलमा अविजित ४१ रनको उत्कृष्ट इनिङ्स खेलिन् भने सना प्रवीनले १८ र सोनी पाख्रिनले अविजित १८ रनको योगदान दिए । जापानका लागि ममता कश्वानले १ विकेट लिइन् । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जापानले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ८६ रन मात्र बनाउन सकेको थियो । जापानका लागि कप्तान बियान्का शिनोले सर्वाधिक ३८ रन तथा आयाने साकुराबा र किचो सुजुकीले समान १०–१० रन बनाए । जापानलाई सस्तैमा समेट्ने क्रममा नेपालकी कृष्मा गुरुङ र रिया शर्माले समान २–२ विकेट लिए भने सोनी पाख्रिन र अनु कडायतले १–१ विकेट हात पारे ।

ताजा समाचार