काठमाडौं । सामाजिक सञ्जाल प्लेटफर्म फेसबुकको वेब ब्राउजर संस्करणमा प्राविधिक समस्या देखिएको छ। देशभरका प्रयोगकर्ताहरूले विगत आधा घण्टादेखि वेब ब्राउजरमार्फत फेसबुक लगइन गर्दा खाता अस्थायी रूपमा उपलब्ध हुन नसकेको सूचना देखाइरहेको गुनासो गरेका छन्। यद्यपि, फेसबुकको मोबाइल एप्लिकेसनमा भने हालसम्म कुनै अवरोध नदेखिएको र सहज रूपमा सञ्चालन भइरहेको बुझिएको छ। फेसबुकको मातृ कम्पनी मेटाले यस प्राविधिक समस्या र त्यसको कारणबारे हालसम्म कुनै आधिकारिक विवरण वा स्पष्टीकरण सार्वजनिक गरेको छैन। खातामा एक्कासि देखिएको यस अवरोधका कारण वेब ब्राउजरबाट सेवा लिने अधिकांश प्रयोगकर्ता प्रभावित बनेका छन्।



