गौरीफन्टा नाकामा रुख ढल्दा बझाङका रिक्सा चालक गम्भीर घाइते

प्रकाशित मिति:

धनगढी । नेपाल-भारत सीमानाका गौरीफन्टामा रुख ढल्दा एक नेपाली अटोरिक्सा चालक गम्भीर घाइते भएका छन्। शनिबार बिहान दुधवा टाइगर रिजर्भ क्षेत्रमा पर्ने नाका नजिकै यात्रु पर्खिरहेको अवस्थामा सुकेको सालको रुख ढल्दा बझाङको बित्थडचिर गाउँपालिका वडा नम्बर ७ का २२ वर्षीय रोशन भट्ट घाइते भएको प्रहरीले जनाएको छ। कैलालीको धनगढीमा डेरा गरी बस्दै आएका भट्टको अहिले धनगढीस्थित मायामेट्रो अस्पतालको सघन उपचार कक्ष अर्थात् आइसियुमा उपचार भइरहेको छ। दुर्घटनाका कारण उनको टाउको, घाँटी र मेरुदण्डमा गम्भीर चोट लागेको र शरीरको तल्लो भाग नचल्ने समस्या देखिएको अस्पताल प्रशासनले जनाएको छ।

ताजा समाचार