ब्लड क्यान्सर पीडित गंगाको उपचारका क्रममा निधन

प्रकाशित मिति:

कञ्चनपुर । ब्लड क्यान्सरसँग लड्दै आएकी कञ्चनपुर बेल्डाँडी गाउँपालिका–१, रतनपुरकी ३१ वर्षीया गंगा विष्टको निधन भएको छ। लामो समयदेखि गम्भीर बिरामी परेकी विष्टको नेपालगञ्जमा उपचारका क्रममा आइतबार मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।

डेढ वर्षअघि रोग पुष्टि भएकी उनको कमजोर आर्थिक अवस्थाका कारण समयमै पूर्ण उपचार हुन सकेको थिएन। क्यान्सरलाई परास्त गरेर जीवन जोगाउने चाहना भए पनि अर्थ अभावले गर्दा उचित उपचार पाउनबाट उनी वञ्चित बनेकी थिइन्। परिवारले उनको उपचारका लागि आर्थिक सहयोगको याचना गर्दै आएको थियो। उनका ५ वर्षीया छोरी र ७ वर्षीय छोरा छन्।

ताजा समाचार