विश्वकप फाइनलपछि अर्जेन्टिनाका खेलाडीले गरे स्पेनिस खेलाडीमाथि हातपात

प्रकाशित मिति:

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनल खेलपछि मैदानमा अनपेक्षित र अराजक दृश्य देखिएको छ। अमेरिकाको न्युजर्सीस्थित मेटलाइफ स्टेडियममा स्पेनसँग १–० गोलले पराजित भएपछि अर्जेन्टिनाका खेलाडीहरू हातपात र कुटाकुटमा उत्रिएका हुन्।

खेल सकिनासाथ जितको खुसीयाली मनाउन मैदान छिरेका स्पेनिस खेलाडीमाथि अर्जेन्टिनाका डिफेन्डर नाहुएल मोलिनाले मुक्का प्रहार गरे। त्यसैगरी मिडफिल्डर लियान्द्रो पारेडेसले स्पेनका एरिक गार्सियाको घाँटी अठ्याउँदै गाभीलाई भुइँमा ढालेर हात र लात्तीले प्रहार गरे।

कप्तान लियोनेल मेसीको अन्तिम विश्वकपमा उपाधि रक्षा गर्ने लक्ष्य राखेको अर्जेन्टिनाका खेलाडीको यो हर्कतको चौतर्फी आलोचना भइरहेको छ।

घटनाप्रति टिप्पणी गर्दै पूर्वखेलाडी ग्यारी नेभिलले अर्जेन्टिनी टोलीको व्यवहारलाई लज्जास्पद र घृणित भनेका छन्। उता बीबीसीसँग कुरा गर्दै एलन सियररले फुटबलमा यस्तो हिंसाको कुनै स्थान नहुने र हार स्वीकार्ने तरिका यो नभएको प्रतिक्रिया दिएका छन्।

ताजा समाचार