कर प्रोत्साहन उपहार कार्यविधिः अब हरेक दिन एक नेपाली लखपति, मासिक दुई जनालाई बम्परमा १०–१० लाख

प्रकाशित मिति:

काठमाडौं । सरकारले कर प्रणालीमा आबद्ध उपभोक्तालाई प्रोत्साहन गर्ने उद्देश्यले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ कार्यान्वयनमा ल्याएको छ। अर्थ मन्त्रालयले ‘कर प्रोत्साहन उपहार सञ्चालन कार्यविधि’ स्वीकृत गरेसँगै यो कार्यक्रम लागु भएको हो।

कार्यविधि अनुसार विद्युतीय वा नगद भुक्तानी गरी सक्कली बिल लिने उपभोक्ताहरूमध्येबाट स्वचालित गोलाप्रथामार्फत दैनिक एक जनालाई रु. एक लाख र मासिक दुई जनालाई बम्पर उपहारस्वरूप रु. १०–१० लाख प्रदान गरिनेछ।

मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध व्यवसायीबाट एक सय रुपैयाँभन्दा बढीको वस्तु वा सेवा खरिद गरी सक्कली बिल लिने नागरिक यो योजनामा सहभागी हुन पाउनेछन्। खरिद गर्दा प्राप्त हुने बिल नम्बर र विद्युतीय भुक्तानीका आधारमा प्रणालीले स्वतः एक उपहार टिकट जारी गर्नेछ।

विजेताको छनोट पाक्षिक रूपमा प्रत्येक महिनाको १६ गते र मसान्त (अन्तिम दिन) मा गरिने व्यवस्था छ। छनोट भएका विजेताहरूलाई मोबाइल नम्बर र इमेलमार्फत जानकारी गराइने अर्थ मन्त्रालयले जनाएको छ।

ताजा समाचार