कञ्चनपुर भन्सारको राजस्व घट्यो : लक्ष्यको ८७ प्रतिशत मात्रै सङ्कलन

प्रकाशित मिति:

कञ्चनपुर । कञ्चनपुरको गड्डाचौकी भन्सार कार्यालयले गत आर्थिक वर्षमा लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न सकेको छैन।

कार्यालयले रु ६९ करोड दुई लाख राजस्व सङ्कलनको लक्ष्य राखेकोमा रु ६० करोड नौ लाख रुपैयाँ मात्रै सङ्कलन भएको छ। यो तोकिएको लक्ष्यको ८७.५ प्रतिशत मात्र हो अर्थात् लक्ष्यभन्दा १३ प्रतिशतले कम हो।

करको दरमा गरिएको कडाइ र भारततर्फको वनबासा पुल सीमित समय मात्रै खुल्दा राजस्व सङ्कलन प्रभावित भएको भन्सार कार्यालयले जनाएको छ।

गड्डाचौकी नाकाबाट दैनिक उपभोग्य वस्तु, कपडा, विद्युतीय सामग्री आयात हुने गर्छ भने नेपालबाट अदुवालगायतका सामान भारत निर्यात हुने गर्दछ।

ताजा समाचार