लगातारको वर्षापछि आएको पहिरोले बाजुराको बडिमालिका नगरपालिका–९ सेलागाडका १६ घरधुरी जोखिममा परेका छन्।शुक्रबार बिहान बस्तीमाथिबाट पहिरो खसेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले प्रभावित परिवारका १०५ जना सदस्यका साथै खाद्यान्न र सरसामानको सुरक्षित उद्धार गरेको छ।पहिरोका कारण तीन घर पूर्ण रूपमा बस्न अयोग्य बनेका छन् भने पहिरोको त्रासले बेहोस भएकी एक महिलाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।यस्तै पहिरोले स्थानीय टोट्के सिँचाइ नहरमा समेत क्षति पुर्याएको छ।थप वर्षाको जोखिमलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।




