दार्चुलामा भिरबाट खसेका डडालको प्रहरीद्वारा उद्धार

प्रकाशित मिति:

दार्चुला । दार्चुलाको व्यास गाउँपालिका–३, गल्थास्थित भिरबाट लडेर घाइते भएका एक पुरुषको प्रहरी टोलीले सकुशल उद्धार गरेको छ।

शुक्रबार बिहान करिब १०:१५ बजे स्थानीय ५५ वर्षीय मदनसिंह डडाल घरबाट सुनसेरातर्फ जाने क्रममा बाटोको भिरबाट अनुमानित २०–२५ मिटर तल खस्नुभएको थियो।

भिरबाट खसेर टाउकोमा चोट लागेका डडालको खबर पाउनासाथ खटिएको प्रहरी र स्थानीयको संयुक्त टोलीले उद्धार गरेको हो। उद्धारपश्चात् घाइते डडाललाई उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा पठाइएको र घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

ताजा समाचार