काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति गगन थापाको भारत भ्रमण अन्तिम समयमा आएर स्थगित भएको छ।
नयाँ दिल्लीमा आयोजित पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा सहभागी हुन जाने तयारीमा रहेका थापाले अन्तिम समयमा भ्रमण रद्द गरेका हुन्। काङ्ग्रेस प्रवक्ता देवराज चालिसेले आन्तरिक तथा प्राविधिक कारणले भ्रमण स्थगित भएको जानकारी दिएका छन्।
पार्टीभित्र महाधिवेशनपछि देखिएको आन्तरिक विवाद र जारी देशव्यापी अभियानका कारण भ्रमण रोकिएको स्रोतको भनाइ छ। भ्रमणको नयाँ मिति भने अहिलेसम्म तय भएको छैन।




