काठमाडौं । नेपाली कांग्रेसले पार्टीका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ।
आज बसेको केन्द्रीय समिति बैठकले तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको कावा मुख्यसचिव कृष्णप्रसाद दुलालले बताए। उनका अनुसार साउन १३ देखि १५ गतेसम्म पार्टीको केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय भएको छ।
यसैगरी साउन १४ गते सबै कार्यालय बन्द गर्ने तथा स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने निर्णय गरिएको छ।
स्वर्गीय श्रेष्ठको निधनको १३ औँ दिनमा गृह जिल्ला स्याङ्जाको कालिगण्डकी राम्दीघाटमा अस्तु विसर्जन गरी जिल्लामा शोक सभाको आयोजना गर्ने निर्णय पनि कांग्रेसले गरेको छ।




