सुनसरी । सुनसरीको कप्तानगञ्ज घटना साम्य पार्न बिहीबार साँझ विराटनगर पुगेका गृहमन्त्री सुधन गुरुङको रातभरको छलफलपछि सरकार र पीडित पक्षबिच सहमति भएको छ। सम्झौताअनुसार घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहतालाई सहिद घोषणा गर्ने, परिवारलाई राहत र रोजगारी दिने निर्णय भएको छ। सहमतिसँगै आन्दोलन रोकिएपछि स्थिति सामान्य बन्दै गएको छ ।




