मकवानपुरमा जिप दुर्घटना : घाइते महिलाको छाउनीमा उपचारका क्रममा मृत्यु

प्रकाशित मिति:

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरिखेतमा मंगलबार बिहान भएको जिप दुर्घटनामा घाइते भएकी लक्ष्मी बडुको उपचारका क्रममा मृत्यु भएको छ। उनको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मुख्य न्यायाधीश गोकर्ण डाँगी र रजिस्ट्रार तारादत्त बडुसहित ६ जना घाइते भएका छन्। मुख्य न्यायाधीश डाँगी र चालक छुनिलाल चौधरीको हेटौँडामा उपचार भइरहेको छ भने गम्भीर अवस्थाका चार जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उपचारका लागि छाउनी ल्याइएको थियो।

काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कार्पियो जिप बिहान करिब ७ बजे अनियन्त्रित भई खोल्सामा खसेको हो।

ताजा समाचार