नेपाल आएका भारतीय सेनाध्यक्ष सेठद्वारा प्रधानमन्त्री वालेन्द्र शाहसँग भेटवार्ता

प्रकाशित मिति:

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठले प्रधानमन्त्री वालेन्द्र शाहसँग भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको उक्त भेटमा दुई देशबिचको आपसी हित र सैन्य सम्बन्धका विषयमा छलफल भएको छ।

रक्षामन्त्रीको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शाहसँगको भेटवार्तामा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको पनि उपस्थिति रहेको थियो। प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणमा भारतीय सेनाध्यक्ष सेठ चार दिने भ्रमणका क्रममा काठमाडौँ आएका हुन्।

ताजा समाचार