काठमाडौं । काठमाडौँ महानगरपालिका–१०, शंखमूलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा दाङको घोराही उपमहानगरपालिका–१७ घर भई हाल सोही होस्टलमा बस्दै आएका २२ वर्षीय वसन्त कालाथोकी रहेका छन्।
प्रहरीका अनुसार उनलाई होस्टलमा सँगै बस्ने बाराको कलैया उपमहानगरपालिका–३ का १८ वर्षीय शेखर यादव र २० वर्षीय प्रमित पटेलले कुटपिट गर्नुका साथै धारिलो हतियार प्रहार गरेका थिए।
आक्रमणबाट टाउको र घाँटीमा गम्भीर चोट लागेका कालाथोकीलाई उपचारका लागि मीनभवनस्थित निजामती कर्मचारी अस्पताल लगिएको थियो। गम्भीर अवस्थामा उपचार गराइरहेका उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न शेखर यादवलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ भने फरार रहेका प्रमित पटेलको खोजी भइरहेको छ।




