रसुवागढी जलविद्युत्को सुरुङभित्र कोही नभेटिएपछि सैनिक उद्धार टोली फर्कियो

प्रकाशित मिति:

काठमाडौं । रसुवागढी जलविद्युत् आयोजना (आरएचपिएल) को सुरुङभित्र खोजी गर्दा मानिसहरू फेला नपरेपछि सैनिक नेतृत्वको उद्धार टोली फर्किएको छ।

सुरुङको अन्तिम भागमा मानिसहरू फसेको आशङ्का गरिएपछि नेपाली सेनाको टोली इन्जिनियर र ड्रोन टोलीसहित खोजी कार्यमा जुटेको थियो। टोलीले सुरुङको भित्री भाग अर्थात् अन्तिम बिन्दुसम्मै पुगेर खोजतलास गर्दा पनि कोही नभेटिएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।

सुरुङभित्र कोही पनि मानिस नरहेको पुष्टि भएसँगै सेनाको उक्त टोली त्यहाँबाट रसुवाको धुन्चे फर्किएको छ।

ताजा समाचार