एसीसी पुरुष प्रिमियर कपमा नेपालको उत्कृष्ट सुरुआत; बहराइन सात विकेटले पराजित

प्रकाशित मिति:

काठमाडौं । एसीसी पुरुष प्रिमियर कप २०२६ मा नेपालले विजयी सुरुआत गरेको छ। वाईएसडी युकेएम क्रिकेट मैदान, बङ्गीमा भएको समूह ‘ए’ को आफ्नो पहिलो खेलमा नेपालले बहराइनमाथि सात विकेटको फराकिलो जित दर्ता गरेको हो।

बहराइनले प्रस्तुत गरेको ८८ रनको मामूली लक्ष्य नेपालले २१ ओभरमा तीन विकेट गुमाउँदै सहजै पूरा गर्‍यो। नेपालको जवाफी ब्याटिङमा ओपनर अर्जुन कुमाल ३६ रनमा अविजित रहे। यस्तै रोहित पौडेलले १४ बलमा १९ रन बनाए भने आसिफ शेखले १९ रन जोडे।

त्यसअघि पहिले ब्याटिङ गरेको बहराइन ३६.२ ओभरमा अलआउट भएको थियो। बहराइनको ब्याटिङमा कुनै पनि ब्याट्सम्यानले ठूलो योगदान दिन सकेनन्। फियाज अहमदले १५ रन, मुहम्मद वासिमले १३ रन र अलि दाउदले १० रन बनाए भने बाँकी ब्याट्सम्यानले दोहोरो अङ्क समेत जोड्न सकेनन्।

नेपाली बलरहरूले उत्कृष्ट प्रदर्शन गर्ने क्रममा कप्तान सन्दीप लामिछानेले १० ओभरमा चार मेडनसहित १४ रन दिएर पाँच विकेट लिए। त्यस्तै ललित राजवंशीले तीन र करण केसीले दुई विकेट लिएका थिए।

ताजा समाचार