विद्युतीय अपराध आरोपमा पत्रकार पप्पु गुरूङ कञ्चनपुरबाट पक्राउ

प्रकाशित मिति:

कञ्चनपुर । कञ्चनपुरका पत्रकार पप्पु गुरूङ पक्राउ परेका छन्। बुधबार बिहान दोधाराचाँदनी नगरपालिकाबाट जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

प्रहरीकै मिलेमतोमा दोधाराचाँदनीबाट लागूऔषध भित्रिने गरेको दाबीसहित सामाजिक सञ्जाल फेसबुकमा जथाभावी लेखेको आरोपमा गुरूङलाई पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतका अनुसार गुरूङविरुद्ध विद्युतीय अपराध मुद्दामा थप अनुसन्धान अघि बढाइएको छ।

ताजा समाचार