कैलाली। सुदूरपश्चिम प्रदेशमा अझै तीन दिनसम्म वर्षा जारी रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाले जनाएको छ। कार्यालयका अनुसार आगामी भदौ २४ गतेसम्म प्रदेशभर सामान्यदेखि पूर्ण बदली रहनेछ।
यस अवधिमा प्रदेशका पहाडी तथा तराई भेगका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको जोखिम रहेको मौसम विज्ञान कार्यालयले जनाएको छ। लगातारको वर्षाका कारण बाढी र पहिरोको जोखिम उच्च रहने भएकाले नदी तटीय क्षेत्र तथा भिरालो जमिन आसपासका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।




