गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयद्वारा १५१ स्वास्थ्यकर्मीको माग

प्रकाशित मिति:

कैलाली । कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले विभिन्न पदका लागि १५१ जना स्वास्थ्यकर्मी करार सेवामा माग गरेको छ। विश्वविद्यालयले सार्वजनिक सूचना जारी गर्दै अधिकृत र सहायक तहका विभिन्न पदमा दरखास्त आह्वान गरेको हो।

सूचनाअनुसार अधिकृतस्तरमा मेडिकल अधिकृत १०, डेन्टल सर्जन ४, नर्सिङ अधिकृत १०, बायोमेडिकल इन्जिनियर १, रेडियोग्राफी अधिकृत १, फार्मेसी अधिकृत २ र फिजियोथेरापी अधिकृत २ जना माग गरिएको छ।

यस्तै सहायकस्तरमा स्टाफ नर्स ९०, ल्याब टेक्निसियन १०, फार्मेसी सहायक १०, रेडियोग्राफर ६, ल्याब टेक्नोलोजिस्ट ३ र फिजियोथेरापी सहायक २ जनाका लागि दरखास्त खुलाइएको छ।

उमेरहदतर्फ अधिकृत तहका लागि २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको र सहायक पाँचौँ तहका लागि १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था गरिएको छ। आवेदकहरू सम्बन्धित विषयमा आवश्यक शैक्षिक योग्यता हासिल गरी सम्बन्धित व्यावसायिक परिषद् (काउन्सिल) मा दर्ता भएको हुनुपर्नेछ भने सातौँ तहका पदका लागि कम्तीमा तीन वर्षको कार्यअनुभव अनिवार्य गरिएको छ। उम्मेदवारको छनोट अन्तर्वार्तामार्फत गरिने विश्वविद्यालयले जनाएको छ।

ताजा समाचार