धनगढी। कैलालीको पूर्वपश्चिम राजमार्ग खण्डमा ट्रकको ठक्करबाट मङ्गलबार बिहान एक बालकको मृत्यु भएको छ।
गौरीगङ्गा नगरपालिका–२, झिलस्थित सडकमा बिहान करिब साढे ८ बजे से १ क १३५२ नम्बरको ट्रकले ठक्कर दिँदा स्थानीय पाँच वर्षीय लेखराज देउवा गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उद्धार गरी धनगढीस्थित माया मेट्रो अस्पताल पुर्याइएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि ट्रक र चालक लम्कीचुहा नगरपालिका–२ बस्ने सुनिल चौधरीलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




