शैल्यशिखर नगरपालिकामा नेपाली कांग्रेसको पालिका अधिवेशन सम्पन्न, कार्यसमिति सर्वसम्मत निर्विरोध चयन

प्रकाशित मिति:

उपेश सिंह धामी

दार्चुला । नेपाली कांग्रेस दार्चुलाको शैल्यशिखर नगरपालिकामा पालिका अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट नगर कार्यसमिति तथा विभिन्न पदाधिकारीहरू सर्वसम्मत र निर्विरोध चयन भएका छन्।

अधिवेशनबाट नगर कार्यसमिति सभापतिमा लक्ष्मण सिंह डागा , उपसभापतिमा तिलक बहादुर पाल र माधवी जोशी, सचिवमा सुरेन्द्र सिंह बिष्ट तथा सह–सचिवमा इन्द्र कुँवर डागा चयन भएका छन्। कोषाध्यक्षमा माया चन्द चयन भएकी छन्।

त्यसैगरी नगर कार्यसमितिका सदस्यहरूमा माया धामी, मदन महर लगायतका सदस्यहरू चयन भएका छन्। युवा सदस्य तर्फ केशव सिंह खडायत, पदम सिंह धामी र निर्मला खडायत चयन भएको उल्लेख गरिएको छ।

अधिवेशनबाट नगर कार्यसमितिमा रहने विभिन्न पद तथा सदस्यहरूमा कुनै प्रतिस्पर्धा नरही सर्वसम्मत रूपमा निर्विरोध नेतृत्व चयन भएको हो। नवनिर्वाचित सभापति, पदाधिकारी तथा सदस्यहरूलाई अधिवेशनमा सहभागी नेता तथा कार्यकर्ताहरूले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।

नवनिर्वाचित कार्यसमितिले शैल्यशिखर नगरपालिका भित्र नेपाली कांग्रेसको संगठनलाई थप सुदृढ, व्यवस्थित र सक्रिय बनाउँदै लैजाने जनाएको छ। स्थानीय तहमा पार्टीको संगठन विस्तारसँगै जनताका सवाल तथा स्थानीय समस्यालाई प्राथमिकताका साथ उठाउने अपेक्षा गरिएको छ।

ताजा समाचार