बैतडीमा चोरीको आरोपमा वडा सदस्यसहित चार जना पक्राउ

प्रकाशित मिति:

बैतडी । बैतडीमा घरको छत फुटाएर चोरी गरेको अभियोगमा दशरथचन्द नगरपालिकाका कार्यपालिका सदस्यसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार पक्राउ पर्नेहरूमा दशरथचन्द नगरपालिकाका नगर कार्यपालिका सदस्य विनोद लुहार, महेश लुहार, तबिराम लुहार र लक्ष्मण मौनी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक सुरज सिंहका अनुसार उनीहरूमाथि करिब एक महिनाअघि दशरथचन्द नगरपालिका–५, आल गाउँस्थित जयदेव भट्टको घरमा चोरी गरेको आरोप छ। घरमा कोही नभएको मौका छोपी छत फुटाएर भित्र रहेका तामाका विभिन्न भाँडाकुँडा चोरी भएको उजुरीका आधारमा अनुसन्धान गर्दा उनीहरूको संलग्नता पुष्टि भएपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनाको सम्बन्धमा थप कानुनी प्रक्रिया तथा अनुसन्धान जारी रहेको छ।

ताजा समाचार