कैलालीमा पास्नीको विवादले लियो ज्यान : घटना लुकाउन शव भीरमा फालियो

प्रकाशित मिति:

धनगढी। कैलालीको चुरे गाउँपालिका–१, निगालीमा नातीको पास्नी भोजमा भएको विवादमा कुटपिट गरी ५२ वर्षीय यज्ञबहादुर बोहराको हत्या गरिएको खुलेको छ।

इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार असोज ५ गते पास्नी भोजमा मदिरा सेवनका क्रममा भएको विवादपछि कुटपिट हुँदा बोहराको सोही राति मृत्यु भएको थियो। घटना लुकाउन र भिरबाट लडेर मृत्यु भएको देखाउन शवलाई स्थानीय तुलिखेत जङ्गलको भीरमा फालिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

मृतकका छोराको जाहेरीका आधारमा प्रहरीले भोज आयोजक धनबहादुर बोहरा र कुटपिटमा संलग्न मानबहादुर बोहरासहित आठ जनालाई पक्राउ गरेको छ। पक्राउ परेका सबैमाथि कर्तव्य ज्यान मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक (डीएसपी) हिरा सिंह महराले जानकारी दिए।

ताजा समाचार