लगातारको झरीका कारण कञ्चनपुरका केही स्थानमा धानबालीमा क्षति, किसान चिन्तित

प्रकाशित मिति:

कञ्चनपुर । शुक्रबार बिहानदेखि सुरु भएको वर्षा आज आइतबार साँझसम्म पनि निरन्तर सिमसिमे झरीका रूपमा जारी छ। झरीसँगै चलेको हावाहुरीका कारण कञ्चनपुरका विभिन्न स्थानहरूमा पाक्न लागेको धानबालीमा क्षति पुगेको छ। निरन्तरको झरी र हावाहुरीले गर्दा पाक्न लागेका धानका बोटहरू ढलेका छन् भने खेतहरूमा डबाडब पानी जम्मा भएर बाली पूर्ण रूपमा जलमग्न भएको छ।

भीमदत्त नगरपालिका–६ का स्थानीय किसान गोरख बोहराका अनुसार, भित्र्याउने बेला हुन लागेको धान यसरी पानीमा डुब्दा बाला हिलोमा कुहिने, दाना फोस्रो हुने र पानीमै उम्रिने जोखिम बढेको छ। साथै, यदि मौसममा तत्काल सुधार आएन र खेतमा जमेको पानीको निकास गर्न सकिएन भने पशुचौपायाका लागि प्रयोग गरिने परालसमेत कुहिएर काम नलाग्ने स्थिति बन्ने र वर्षभरिको मेहनत तथा लगानी खेर जाने भन्दै स्थानीय किसानहरूले चिन्ता व्यक्त गरेका छन्।


ताजा समाचार