चार सय ९९ किलो गाँजासहित स्कार्पियो र चालक पक्राउ

प्रकाशित मिति:
spot_img

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिका–८ स्थित सेउती पुल क्षेत्रबाट प्रहरीले भारतीय नम्बर प्लेटको स्कर्पियो गाडीसहित ४९९ किलोग्राम लागुऔषध गाँजा बरामद गरेको छ । गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा गाडी चालकसमेत पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार गएराति सवारीसाधन जाँच गर्ने क्रममा बीआर ११ वाई ३०३९ नम्बरको स्कर्पियोबाट उक्त परिमाणको गाँजा फेला परेको हो । इलाका प्रहरी कार्यालय धरान, वडा प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी तीनकुनेबाट खटिएको संयुक्त प्रहरी टोलीले गाडी नियन्त्रणमा लिएको हो ।

प्रहरीले गाडी चालक मोरङको विराटनगर महानगरपालिका–१३ का ३२ वर्षीय अजयकुमार साहलाई पक्राउ गरेको छ । बरामद गाँजा, स्कर्पियो गाडी र चालक साहलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।

spot_img

ताजा समाचार